Logo

सरकारी मोटरसाईकल चढेर राती महिला भेट्न गएका प्रहरीलाई स्थानियले रंगेहात समाए



रौतहट, असार १० । रौतहतस्थित बसन्तपुर प्रहरी चौकीका चौकी इन्चार्जलाई स्थानियले महिलासंग रंगेहात फेलापारेपनि नियन्त्रणमा लिएका छन । चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्जिव झालाई एक महिलासँग आपत्तिजनक अवस्थामा रंगेहात भेटेपर्छि गयराती स्थानियले नियन्त्रणमा लिएका हुन्।

राजदेवी नगरपालिकाको वडा नं २ मा एक महिलालाई भेट्न राति पुगेका झालाई स्थानियले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएका छन् ।

उनी त्यहीँ सामुदायिक भवन भित्र महिलासंग आप्पती जनक अवस्थामा रहेको थाहा पाएपछि घेरेर स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए । उनी सरकारी मोटर साईकल चढेर महिलालाई भेट्न गएका थिए । स्थानियले उनको मोटरसाईकल समेत नियन्त्रणमा लिएका थिए ।

ति प्रहरीको पहिलेदेखि नै महिलासंग अवैध सम्बन्ध रहदै आएको स्थानिएको आरोप रहेको छ । उनी त्यसरी नै पटक–पटक राती महिलालाई भेट्न जाने गरेको समेत स्थानिएले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले झा के कारणले मध्यराति महिलालाई भेट्न गए भन्ने विषयमा अनुसन्धान थालिएको बताएका छन ।



प्रतिक्रिया दिनुहोस्