Logo

रुसमा कोरोनाविरुद्धको भ्याक्सिनको मानव परीक्षणले गति लियो



एजेन्सी १० असार । मस्को मेडिकल विश्वविद्यालयका स्वयमसेवकहरुको दोस्रो समूहले कोरोना भाइरसविरुद्वको परिक्षण गर्न भ्याक्सिन लगाएका छन् । क्लीनीकल परिक्षण गर्न र असर पत्ता लगाउन विश्वविद्यालयका स्वयमसेवकहरु माथि भ्याक्सिन प्रयोग गरेको विषय विश्वविद्यालयका प्रेस सेवाले मंगलबार जानकारी गराएको हो ।

२३ जुनको उक्त विश्वविद्यालयका २० स्वयमसेवकहरुको समुहलाई भाइरसविरुद्वको भ्याक्सिनलाई शरीरमा इन्जेक्ट गरिएको थियो । स्वयमसेवकहरुमाथि पहिलो चरणको परिक्षण जुन १८ को भएको थियो । भ्याक्सिन लगाइएको पहिलो घण्टामा केही स्वयेम सेवकहरुमा न्यूनतम ज्वरो, टाउको दुखेको थियो । जुन पछि स्वतह समाप्त भएर गएको थियो ।

भाइरसविरुद्वको भ्याक्सिनको स्तर राम्रो रहेको जनाइएको छ । भ्याक्सिन इन्जेक्ट गरिएका स्वयेमसेवकहरुको अवस्था राम्रो रहेको बुझिएको छ । परिक्षणको विभिन्न प्रक्रियाहरु बाकी रहको जनाइको छ । स्वयेमसेवकहरुलाई विश्वविद्यालयको रिसर्च सेन्टरमा सुरक्षीत तरिकाले राखिएको छ । आवश्यक निगरानीमा राखिएको जनाइएको छ । परिक्षणको दौरान उनीहरुको प्रत्येक गतिविधिलाई मध्येनजर राखिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्