Logo

नेकपा स्थायी कमिटी बैठक : आज ओली-दाहालद्धारा सम्बोधन, अर्को बैठक १२ गते



काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजबाट सुरु भएको छ । पहिलो दिन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा सम्बोधन गरेका थिए ।

बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अध्यक्षद्वय ओली र दाहालले बैठकमा बोलेको र बैठकका एजेण्डा पारित गरेको जानकारी दिए । उनकाअनुसार अर्को बैठक यही असार १२ गते विहान ११ बजे पुनः बस्नेछ ।

बैठकको पहिलो एजेण्डामा नै दुई अध्यक्षले सम्बोधन गर्ने उल्लेख थियो । स्थायी कमिटीको अर्को बैठक यही असार १२ गते शुक्रबार बस्ने छ । तस्विर : प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्