ललितपुर, १० असार । लडाउनका समयमा ललितपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । एकपछि अर्को बलात्कारको उजुरी पर्न थालेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा लाल बाबु सदा पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका तिखेदेवल बस्ने महोत्तरी मगहा नगरपालिका घर भएका सदालाई प्रहरीले पक्राउ गरेको हो ।
गत जेठ २७ गते ती महिलालाई ललितपुर महानगरपालिका महालक्ष्मीस्थानस्थित निर्माणधिन घरमा सापटी रकम लिन बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।