Logo

नेकपाका सांसदहरुले कोरोनाको प्रकोप रहुञ्जेल भत्ता नलिने



काठमाडौं, १० असार ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले कोरोनाको प्रकोप रहुञ्जेल संसद बैठकको भत्ता नलिने भएका छन् । यससम्बन्धमा नेकपाको स्थायी समिति बैठकमा प्रस्ताव पेश गरिएको छ । आज (बुधबार) बसेको बैठकबाट सांसदले भत्ता नलिने निर्णय गर्न लगाइएको हो ।

त्यसैगरी संसदमा छलफल अवस्थामा रहेको नागरिकता विधेयक र रुकुम घटनाको समीक्षा पनि बैठकको मुख्य एजेण्डाका रुपमा समावेश गरिएको छ । बुधबारको बैठक सकिएको छ। अर्काे बैठक शुक्रबार बस्ने जनाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्