Logo

भारतले पाकिस्तानी कुटनीतिज्ञलाई जासुसी गरिरहेको आरोपमा देश निकाला गर्ने



एजेन्सी १० असार : भारतको राजधानी दिल्लीस्थित पाकिस्तान दुतावासका पचास प्रतिशत कुटनीतिज्ञलाई भारत सरकारले जासुसी र आतंककारीहरुसंग सम्बन्ध राखेको आरोपमा देश निकाला गर्न लागेको छ ।

भारतले सोही संख्यामा पाकिस्तनको राजधानी इस्लामावादस्थित आफ्नो दुतावासबाट समेत कर्मचारी कटौती गर्न लागेको भारतीय विदेश मन्त्रालयले बुधवार जनाएको छ। केहि दिन अघि भारतले दुतावासमा कार्यरत दुई जना पाकिस्तानी कर्मचारीलाई निष्कासन गरेपछि दुवै देश बीच तनाव बढेको छ।

पाकिस्तानी खुफिया एजेन्सीले दुई भारतीय नागरिकलाई यातना दिएको भन्दै पाकिस्तानीविरुद्ध उक्त कदम उठाइएको र भारतीय सैनिकको सुचना संकलन गर्ने प्रयास गरेको आरोपमा उनीहरुलाई निष्कासन गरिएको जनाइएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot