Logo

रुकुमपश्चिम घट्ना : वडाअध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठायो



काठमाडौं, १० असार । रुकुम पश्चिम अदालतले रुकुम पश्चिमको चौरजहारी हत्याकाण्मा वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाएको छ । रुकुमपश्चिम जिल्ला अदालतले आज (बुधबार) चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । कुल ३४ जना प्रतिवादी मध्य ५ जना फरार रहेका छन् ।

केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ । त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ। ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए । FILE PHOTO/



प्रतिक्रिया दिनुहोस्