एजेन्सी, १० असार । यौन व्यापारमा अश्वेत युवतीलाई संलग्न गराउन खाज्ने अमेरिकी व्यक्तिको हत्या गरेको आरोपमा क्रस्टुल काइजर नाम गरेकी युवतीलाई अमेरिका स्थित केनोसा कन्ट्री कार्टहाउसले चालीस हजार जमानतमा रिहा गरेको छ । क्रस्टुल काइजर नाम गरेकी युवतीले र्याण्डल भोलार नाम गरेको व्यक्तिलाई मारेको आरोपमा उनी दूई वर्ष देखि जेल सजाय भोग्दै आएकी थिइन् ।
उनले आफ्नो पक्षबाट सेल्फ डिफेन्समा आफूलेसो व्यक्तिको हत्या गरेको बताएकी थिइन् । अदालतले उनको बयान र अनुसन्धानलाई विष्शेष ध्यान दिई युवती निर्दोष र आत्मरक्षामा हत्या गरेको प्रमाणित गर्दै गलत काममा जबरजस्ती लग्न खोज्दा आफ्नो बचाव गर्न उचित हो भन्दै उनलाई रिहाईको अदेश जारी गर्दै स्वीकृत समेत गरेको छ । क्रस्टुल काइजर १९ वर्षीय अश्वेत अमेरिकी नागरिक हुन् उनलाई एक गोरा अमेरिकी नागरिक भोलारले यौन पेशामा संलग्न गराउन खोज्दा युवतीले उनको हत्या गरेकी थिइन् । उनलाई अदालतले रिहा गरेको छ ।