Logo

त्रिविद्वारा तालाबन्दीको निन्दा



काठमाडौँ, १० असार : त्रिभुवन विश्वविद्यालयले आज दिउँसो नेपाल विद्यार्थी सङ्घका नाममा पदाधिकारीलाई भेट्न आएका केही विद्यार्थीले अनायास कार्यालयमा तालबन्दी र उपकुलपतिको कुर्सी जलाउने कार्य गरेको जनाउँदै घटनाप्रति खेद व्यक्त गरेको छ ।

बन्दाबन्दीका समयमा पनि विद्यार्थीको पठनपाठन र शैक्षिक माग सम्बोधन गर्न विश्वविद्यालय सकारात्मक रहेको स्थितिमा यस्तो कार्य भएकामा त्रिविको गम्भीर ध्यानार्कण भएको जनाएको हो ।

त्रिविका प्रवक्ता सूर्यप्रसाद अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट हरेक समस्याको समाधान गर्न त्रिवि विश्वस्त रहेको उल्लेख गर्दै त्यस प्रकारका अराजक गतिविधिले विश्वविद्यालयको गरिमामा गम्भीर क्षति हुनसक्ने भएकाले यस्ता गल्ती पुनः नदोहो¥याउन पनि आग्रह गरिएको छ ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्