Logo

प्रचण्डद्वारा ‘आलोपालो प्रधानमन्त्री बन्ने’ ओलीसँगको पूर्वसहमति ब्युँताउने संकेत



काठमाडौं, ११ असार । नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो स्थायी कमिटि बैठकमा विगतको सहमतिमा आफूले अडान लिने संकेत गरेका छन् । उनले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताका समयमा आलोपालो प्रधानमन्त्री बन्न गरेको सहमति अनुसार हुनुपर्ने अडानमा फर्कने संकेत गरेका हुन् ।

बैठकमा ओलीको चर्को आलोचना गर्दै प्रचण्डले विगतमा गरेको आलोपालो सहमतिबाट ब्याक हुँदा गल्ती गरिएछ भन्ने महशुश भएको बताएका थिए । आफूले पाँच वर्ष नै ओलीलाई प्रधानमन्त्री पद छाड्दा अहंकार बढेको पाएको भन्दै पुरानो सहमतिको अडान लिने संकेत गरेका हुन् ।

प्रचण्डले साँढे दुई वर्षपछि प्रधानमन्त्री पद पाउनेगरी दुई नेताबीच सहमति भएको विगतमै खुलेको थियो । तर, कार्यकारी अधिकार पाएपछि अध्यक्ष प्रचण्ड ब्याक भएका थिए । सहमति अनुसार हुने हो भने आउँदो भदौबाट प्रचण्ड प्रधानमन्त्री बन्ने छन् । ओलीले साँढे दुई वर्षको कार्यकाल पूरा गरी सत्ता हस्तान्तरण गर्नुपर्ने हुन्छ । तर, ओलीले बेसारको नाममा राजीनामा दिने ? भनी कडा उत्तर दिएका छन् ।

बैठकमा बोल्दै प्रचण्डले एकताको भावना विपरित काम भइरहेकोमा ओलीको आलोचना गरेका थिए । उनले पार्टी निर्णय बेवास्ता गरेर चलेको भन्दै आलोचना गरे । प्रचण्डले एकतापछि पार्टीको हितका लागि आफूले एकपछि अर्को त्याग गरेको उल्लेख गरेका थिए ।
पार्टी हितका लागि ओलीसँगको आलोपालो प्रधानमन्त्री बन्ने सहमति समेत त्यागिदिएको स्मरण गराउँदै सरकार संचालन गर्दा त्यस्तो भावनाको बेवास्ता भएको भन्दै असन्तुष्टि जनाए । पार्टीको निर्णयलाई बेवास्ता गरेर बढ्ने गरेको भन्दै आलोचना गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot