Logo

गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिए, संक्रमितको संख्या ७५३ पुग्यो



११ असार । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दीमा ६ जना, स्याङ्जामा एक, बागलुङमा दुई र नवलपरासी बर्दघाट सुस्तापूर्व मा दुई जनामा संक्रमण पुष्‍टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् । संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको खबर नेपाल समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्