Logo

पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका २५० मा संक्रमण पुष्टि



कैलाली, असार ११ । सुदूरपश्चिम प्रदेशमा परीक्षणविनै क्वारेन्टिनबाट घर पठाइएका दुई सय ५० भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतबाट फर्किएर १४ दिन क्वारेन्टाइन बसाईपछि पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका व्यक्तिमा संक्रमण देखिएको हो ।

प्रदेशका ९ जिल्लामा रहेका ३५ हजार भन्दा बढिलाई घर पठाउँदा कैलालीका विभिन्न स्थानिय तहका एक सय ३५, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ५८, डोटीको शिखर नगरपालिकाका १५, बैतडीको शिवनाथ गाउँपालिकाका १७, कञ्चनपुरको लालझाडी गाउँपालिकाका १४ लगायत विभिन्न जिल्लाका स्थानीय तहमा क्वारेन्टिनबाट घर गएपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो।

पीसीआर परिक्षण गरिएकाहरुमा संक्रमण पुष्टि भएपनि उनीहरुलाई रिपोर्ट आउनु अगावै घर पठाएका कारण समुदायमा संक्रमण फैलिएको समेत आशंका गरिएको छ । संक्रमितहरुको सम्पर्कमा आएकाहरुको आरटीडीसमेत हुन नसक्दा समुदायमा त्रास समेत उत्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्