Logo

म ओलीको पक्षपाती नभएपनि सरकारको कामकारवाही र नेतृत्वको विकल्पबारे छलफल हुनुपर्छः रायमाझी



काठमाडौं, असार ११। नेकपा नेताहरुले पार्टीको जारी स्थायी कमिटीको बैठकमा सरकारका कामकारवाही र प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका विषयमा पनि छलफल हुनुपर्ने धारणा राखेका छन् ।

विगतका सरकारहरु भन्दा अहिलेको सरकार बलियो भएपनि सरकारले गरेका कतिपय काम र स्वयम प्रधानमन्त्रीका विषयमा समेत जनस्तरमा प्रश्न उठेकाले यसबारे बैठकले प्रस्ट पार्न आवश्यक भएको उनिहरुको भनाइछ ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै नेकपाका नेता टोपबहादुर रायमाझीले आफुले सरकारका राम्रो कामको समर्थन गर्दा प्रधानमन्त्री ओलीको पक्षपाती भएको आरोप लाग्ने गरेको भन्दै उनका विषयमा पनि उठेका प्रश्नहरुमाथि स्थायी कमिटी बैठकमा छलफल हुने दावी गरे । प्रधानमन्त्रीका विषयमा छलफल हुनु भनेको सरकारका कामको समिक्षा र विकल्पका विषयमा पनि धारणा आउनुभएको उनको भनाई छ ।

नेता रायमाझीले सरकार र पार्टीको नीतिका विषयमा पार्टीभित्र छलफल नहुनु र बाहिर जस्ले जे पायो त्यही विषयमा बेल्दै हिड्नुले नेकपा र उसकै नेतृत्वमा रहेको सरकारप्रति समाजमा नकारात्कम धारण बनिरहेको बताए । पार्टीको निर्णय विना देशका महत्वपूर्ण र जल्दाबल्दा विषयमा शीर्ष तहकै नेताहरुले फरक फरक धारणा राख्दा पार्टी संस्थागत निर्णयमे कम्जोर बन्दै गइरहेको रायमाझिीको धारणा छ ।

उनले पार्टीका धेरै जसो निर्णयमा दुई अध्यक्षलाई मात्रै अधिकार दिनु र दुई अध्यक्षबिचमै विवाद भएका कुराहरु बाहिर आउनुले पार्टीमा गलत परम्पराको विकास भएको भ्रम जनामा परिरहेको भन्दै अध्यक्षबिचको विवादलाई ठूलो मुद्धा नबनाउन नेताहरुलाई आग्रह पनि गरे ।

उनले भने,‘ बुधवारको बैठकमा दुई अध्यक्षले सामयिक विषयमा धारणा राख्नुभएको हो । तर, बाहिर कुरा अर्कै ढंगले प्रचारमा आयो । दुई अध्यक्षकाविचमा विवाद छैन भन्ने कुरा आउनु सक्नुपर्ने थियो तर, भएन । सरकारले विगतका सरकारको भन्दा राम्रो काम गरेको छ यसलायृ पनि नेताहरुले मुल्यांकन गर्न सकेनन् । पार्टीभित्र भ्रष्टाचारको विषय उठेको छ । तर, प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार गरेको भन्ने प्रमाण छैन । प्रश्न उठेपछि छलफल हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्