Logo

सुन प्रतितोला ९१ हजार १००, नेपाली मुद्राको अवमुल्यनले मुल्यवृद्धि



काठमाडौं, ११ असार । सुन प्रतितोला ९१ हजार एक सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिकेजी १९ हजार एक सय र तेलाबी सुनको मुल्य ९० हजार ६ सय ६५ पुगेको छ ।

आज चाँदी प्रतितोला ९ सय ३५ पुगेको छ । नेपाली मुद्राको अवमूल्यन र राजस्व अभिवृद्धिले सुनको मूल्य महँगो बनाएको महासंघले जनाएको छ ।

नेपालमा सुनचाँदी व्यवसायमा ६० अर्ब लगानी रहेको छ । लकडाउनका कारण यो व्यवसाय धरापमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्