Logo

वडा भवन बनाउन सापकोटाले जग्गा दिए



सुनसरी, ११ असार । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ को भवन बनाउन ललितबहादुर सापकोटाले २ कठ्ठा जग्गा दान दिएका छन् । इनरूवा नगरपालिका संखुवागाछी निवासी सापकोटाले एक करोड मूल्य बराबरको जग्गा ३ नम्बर वडा कार्यालयको भवन निर्माण गर्न दिएका हुन् ।

वडा भवन बनाउन जग्गा दान दिएपछि संखुवागाछीसहित वडा नम्बर-३ का बासिन्दालाई थप सहुलियत हुने विश्वास लिएको सापकोटाले बताए । जग्गा दिएर समाजप्रति योगदान दिन पाएकोमा आफूलाई गौरव लागेको उनले भनाई छ। अहिलेसम्म भवन भाडामा लिएर वडा कार्यालय र सेवा सञ्चालन भइरहेकोमा अब आफ्नै भवनबाट सेवा सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्