Logo

चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ, पर्साका असई पूर्णबहादुर तामाङ, हवल्दार विष्णु दयाल चौधरी, जवानद्वय अवधेश राय र राजकुमार गुरुङविरुद्ध मुद्दा दायर भएको हो ।उनीहरुले घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा चलाएको हो ।कावासोतीका सोनाम तामाङलाई पनि आयोगले मुद्दा दायर गरेको छ ।

यस्तो छ आयोगको अभियोग

अस्थाई प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, बीरगञ्ज, पर्साका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राज कुमार गुरुङसँग मिलेर अपरिचित हुण्डी कारोवारीले साथमा लिई आएको अवैध रु.२०,००,०००।- (बीस लाख) बाट रु.१,२५,०००।- (एक लाख पच्चीस हजार) लागू औषध नियन्त्रण व्यूरो, वीरगञ्ज शाखाका प्रहरी जवान अवधेश रायलाई, रु.१,१०,०००।- (एक लाख दश हजार) अस्थाई प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई, रु.६५,०००।- (पैसठ्ठी हजार) अन्य सहयोगीहरुलाई दिनको लागि प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई र बाँकी रु.४,००,०००।- (चार लाख) निज प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङले आफैसँग राखेको हुँदा निजहरु मिलेर जम्मा रु.७,००,०००।- (रुपैया सात लाख) घुस/रिसवतबापत लिएको देखिंदा प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र प्रहरी जवान अवधेश रायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस/रिसवतबापत लिएको रकम रु.७,००,०००।- (सात लाख) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी पाउन र अनुसन्धानको क्रममा यी आरोपीहरुबाट बरामद भई आएको रु.६,३५,०००।- (छ लाख पैतीस हजार) र नपुग रकम रु.६५,०००।- (पैसठ्ठी हजार) समेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम यी आरोपीहरुबाटै असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

ख. जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी जवान राज कुमार गुरुङले प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र प्रहरी जवान अवधेश रायसँग मिलेर अपरिचित हुण्डी कारोवारीले साथमा लिई आएको अवैध रु.२०,००,०००।- (बीस लाख) बाट रु.१,२५,०००।- (एक लाख पच्चीस हजार) प्रहरी जवान अवधेश रायलाई, रु.४,००,०००।- (चार लाख) प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङलाई, रु.१,१०,०००।- ( एक लाख दश हजार) प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई, रु.६५,०००।- (पैसठ्ठी हजार) अन्य सहयोगीहरुलाई दिनको लागि प्रहरी हवल्दार बिष्णु दयाल चौधरीसमेतलाई रकम उपलब्ध गराउने लगायत घुस/रिसवत लिने कार्यमा सुराकी परिचालन गरी मतियारको कसुर गरेको पाइएकोले प्रहरी जवान राज कुमार गुरुङले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियार हुने कसुर गरेको देखिंदा निज राज कुमार गुरुङलाई सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा रु.७,००,०००।- (सात लाख) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

ग. कावासोती नगरपालिका वडा नं.-५ बस्ने सोनाम तामाङले वयानका क्रममा प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरी उक्त कसुरको मतियार भएको देखिंदा निज सोनाम तामाङले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कसुरदारलाई हुने सजायको आधा सजाय गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्