Logo

चक्कु प्रहार गरी श्रीमतीको हत्या



काठमाडौं, ११ असार । श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा कृष्ण हरि बानियाँलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीया श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा टोखा नगरपालिका बानियाँटार हाईटका बानियाँ पक्राउ परेका हुन् ।

कृष्ण हरिले चक्कु प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको सुचना लगत्तै महानगरीय प्रहरी प्रभाग गोंगबुबाट र महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्