Logo

किशोरी बलात्कारको अभियोगमा पक्राउ



कैलाली, ११ असार । जबरजस्ती करणी गरेको अभियोगमा सुरेन्द्र थापा मगर बुधबार राति पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिकाका थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको सुचना लगत्तै अञ्चल प्रहरी पोष्ट राजीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्