Logo

साथीलाई धारिलो हतियार प्रहार गर्ने पक्राउ



बाँके, ११ असार । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सुजन पुन मगर बुधबार साँझ पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका भुजईगाउँस्थित एसओएसमा बस्दै आएका सुर्खेत बीरेन्द्रनगर नगरपालिका घर भएका प्रदिप बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा सोही एसओएसमा बस्ने मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी मगरले बिकलाई चक्कु प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घाइते बिकको नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्