Logo

यसरी भयो स्वर्ग जाने बाटोमा पाँच पाण्डव र द्रोपदीको मृत्यु



मनुस्य लोकमा जन्म लिएपछि मृत्यु अवश्यम्भावी छ । यो साश्वत सत्य जोकोहीका लागि लागु हुन्छ । त्यस्तै भयो पाण्डवहरुलाई ।

भगवान श्रीकृष्णको मृत्युपछि महर्षि वेदव्यासको कुरा मानेर द्रोपदी सहित पाँच पांडवहरुले राजपाठ त्याग गरेर स्वर्ग जाने निर्णय गरे । युधिष्ठिरले अर्जुनका नाती परिक्षितलाई राज्यभिषेक गरिदिए । पाण्डवहरु साधुको वस्त्र लगाएर द्रोपदीलाई लिएर स्वर्ग जान निस्किए ।

पाण्डवहरुसँग एउटा कुकुर पनि सँगै गयो । उनीहरुले पुरै पृथ्वी घुम्ने इच्छाअनुसार उत्तर दिशातिर यात्रामा निस्के । यात्रा गर्दा गर्दै पाण्डवहरु हिमालय पर्वतमा पुगे । जब पाण्डवहरु हिमालय पार गरे तब उनीहरुले बालुवाको समुन्द्र देखे । समुन्द्र देखेपछि उनीहरुले सुमेरु पर्वतलाई देखे ।

सुमेरु पर्वतको दर्शन गर्न कुकुरको साथमा सबैजना चढ्दै थिए, तब द्रोपदी लडखडाएर लडिन् । द्रोपदी लडेको देखेर भीमले युधिष्ठिरलाई सोधे ‘द्रोपदीले कहिल्यै पाप गरेकी छैन तै पनि किन लडिन् ?’ युधिष्ठिरले भने ‘द्रौपदीले हामी सबैमध्ये अर्जुनलाई धेरै माया गरेको कारण यस्तो भयो ।’ यति भनेर उनी अघि बढे ।

द्रोपदी लडेको केही समयपछि सहदेव पनि लडे । भीमले शहदेव लडेको कारण युधिष्ठिरलाई सोधे युधिष्ठिरले जवाफ दिए, ‘शहदेवले कसैलाई पनि आफू जस्तो विद्धान नसम्झेको कारण आज उ लड्न पर्यो । ’

द्रौपदी र सहदेव लडेपछि नहकुल पनि लडेको देखेर भीमलाई युधिष्ठिरले भने, ‘नहकुललाई आफ्नो रुपमा धेरै घमण्ड थियो । उनले कसैलाई आफ्नो समान नठानेको कारण उसको यो गति भएको हो ।’

युधिष्ठिर, भीम, अर्जुन र कुकुर अगाडी बढ्दै जादै थिए एकैछिन पछि अर्जुन पनि लडे । अर्जुन लड्नुमा युधिष्ठिरले भीमलाई भने, ‘अर्जुनमा आफ्नो पराक्रममाथि घमण्ड थियो । त्यहि घमण्डले आज यो हालत भयो ।’ यति भनेर उनी अघि बढे ।

अर्जुन लडेपछि अलिकति मात्र अगाडि के बढेका थिए भीम पनि लडे । जमीनमा लडेका भीमले युधिष्ठिरलाई सोधे ‘म किन लडे ? ’ युधिष्ठिरले जवाफ दिए, ‘तिमी धेरै खाने र आफ्नो बलको झुटो प्रदर्शन गर्ने भएकोले आज लड्न प¥यो । ’ भीमलाई जवाफ दिएर युधिष्ठिर कुकुरलाई सँगै लिएर अगाडि बढे ।

कुकुरको साथमा युधिष्ठिर स्वर्ग जान अगाडी जाँदै थिए, देवराज इन्द्र आफै रथ लिएर आइपुगे । युधिष्ठिरले इन्द्रलाई सोधे, ‘मेरा सबै भाइ र द्रोपदी बाटोमा लडेका छन् । उनीहरु म सँग आएका हुन्, उनीहरुलाई पनि कुनै व्यवस्था गर्नुहोस् ।’ तब इन्द्रले भने, उनीहरु पहिल्यै सबैजना शरीर त्याग गरेर स्वर्ग पुगिसके र तपाइँ जिउदै स्वर्गमा जानुहुनेछ । ’

इन्द्रको कुरा सुनेर युधिष्ठिरले भने, ‘यो कुकुर मेरो परम भक्त हो । यसैले उसलाई पनि मसँग स्वर्ग जाने आज्ञा दिनुहोस् ।’ तर इन्द्रले कुकुरलाई लैजान दिएनन् । इन्दैले धेरै सम्झाउदा पनि युधिष्ठिर नमानेपछि कुकुरको रुपबाट यमराज आफ्नो वास्तविक रुपमा आए । युधिष्ठिर आफ्नो धर्ममा कटिबद्ध देखेर यमराज धेरै प्रसन्न भई युधिष्ठिरलाई आफ्नो रथमा राखेर जीउँदै स्वर्ग लगे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot