Logo

पशुपतिनाथ खुला गर्ने कोषको तयारी



असार ११, काठमाण्डौ । लकडाउन सुरु भएसँगै पशुपतिनाथ बन्द छ । लकडाउन लम्बिदै जाँदा केही क्षेत्रमा काम सुरु भए पनि मठ मन्दिरमा भक्तजनलाई जान दिइएको छैन । तर अब भने पशुपतिनाथमा भक्तजनलाई खुला गर्ने योजना बनाइएको छ ।

असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन । तर भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराउने व्यवस्थाका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाइरहेको कार्यकारी निर्देशक डा. घनश्याम अतिवडाले जानकारी दिए ।

आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक यातायात दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार कोषले तयारी गरेको हो । तर भक्तजन भने मठमन्दिरमा धेरै भिडभाड हुने भएकोले कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै तत्काल नखोल्नुनै उत्तम हुने बताएका छन् ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणले तीब्रता लिइरहेको छ । तर लकडाउन भने खुकुलो बन्दै गएको छ । जसका कारण सर्वसाधारणले उच्च जोखिमको महसुश गरिरहेका छन् । यस्तो अवस्थामा पशुपतिनाथमा भक्तजनलाई प्रवेश दिने या नदिने भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्