Logo

संक्रमितको शव व्यवस्थापनमा समस्या, पोखरामा गोली चल्यो, ८ जना पक्राउ



पोखरा, १२ असार । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तर्साउन पोखरामा प्रहरीले हवाई फायर गरेको छ। संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको थियो।

पोखरा ३२ मा मजुवामा सेतीनदी किनारनजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए। स्थानीयले आफ्नो गाउँठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोडसमेत गरेका छन्। सशस्त्रको गाडीको सिसा फुटेको छ। प्रहरीले ८ जनालाई नियन्त्रणमा पनि लिएको समाचार आजको अन्नपुर्ण पोस्टमा केशवशरण लामिछानेले लेखेका छन् । File photo



प्रतिक्रिया दिनुहोस्