Logo

चीन र भारतसँग कति सैनिक र कस्ता हतियार



चीन र भारत दुवै विश्व महाशक्ति बन्ने महत्वाकांक्षाका साथ अगाडि बढिरहेका छन् । एशियाका दुई शक्तिशाली देशहरु मित्र शक्तिमात्र नभई प्रतिष्पर्धी शक्ति पनि हुन् । पटक पटक युद्ध लडिसकेका चीन र भारतबीच सिमा विवाद छ । जसका कारण बेला बेलामा सम्बन्ध चिसिएर युद्धको अवस्था बन्ने गरेको छ ।

पछिल्लोपटक चीन र भारतबीच लदाख क्षेत्रमा भिडन्त भएको छ । भारततर्फ २० सैनिकको मृत्यु भएको र चीनतर्फ भएको हताहती खुलाइएको छैन । उक्त घटनापछि विवाद समाधानको प्रयास भएपछि युद्धको सम्भावना टरेको छ ।

भारत र चीनबीच युद्धको कालो बादल मडारिइरहेको छ । युद्ध भएमा परिणाम खतरनाक हुनसक्छ । सँसारको झण्डै आधा जनसंख्या प्रत्यक्ष प्रभावित हुने अवस्था बन्न सक्छ । चीन विश्वकै बढी जनसंख्या भएको देश हो । भारत दोस्रो बढी जनसंख्या भएको मुलुक हो । युद्ध भएमा दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा पनि नकारात्मक प्रभाव पर्छ । यो क्षेत्रमा विश्वको आधा जनसंख्या बस्छन् ।

चीन र भारत दुवै देश आणविक अस्त्रले सम्पन्न देश हुन् । भारतभन्दा चीन झण्डै तीन गुणाले ठुलो छ । भारतले प्रतिवर्ष झण्डै ५६ अर्ब डलर रक्षामा खर्च गर्छ । चीनले २२८ अर्ब डलर खर्च गर्छ । कुल ग्राहस्थ उत्पादनको २.५ प्रतिशत भारतको रक्षा बजेट छ भने चीनको १.९ प्रतिशत छ । अमेरिकाको कुल रक्षा बजेटको ९ प्रतिशत भारतको र ३७ प्रतिशत चीनको देखिन्छ ।

भारतमा २१ लाख ४० हजार सैनिक र अर्धसैनिक बल छन् । कुल ३१ करोड ९१ लाख आवश्यकता अनुसार सैन्य गतिवधिमा तयारी अवस्थामा छन् । चीनमा २३ लाख सैनिक छन् । कुल ३८ करोड ५८ हजार सैन्य गतिविधिका लागि तयारी अवस्थामा छन् ।

भारतसँग ४ हजार ४ सय २६ सैन्य ट्यांक छ भने चीनसँग ७ हजार ७ सय ६० छ । भारगतसँग युद्धक गाडी ५ हजार ६ सय ८१ छ भने चीनसँग ६ हजार छ । भारतसँग ५ हजार ६७ तोप छ भने चीनसँग ९ हजार ७ सय २६ तोप छन् ।

रकेट तोप भारसँग २ सय ९२ वटा छ भने चीनसँग १७ सय ७० छ ।

वायुसेनामा भारतसँग कुल २२ सय १६ सैन्य विमान छन् । चीनसँग ४ हजार १ सय ८२ विमान छन् । युद्धक विमान भारतसँग ३ सय २३ वटा छ भने चीनसँग ११ सय ५० वटा छ ।

बहुकार्यको विमान भारतसँग ३ सय २९ र चीनसँग ६ सय २९ वटा छन् । युद्धक विमान भारसँग २२० र चीनसँग २७० छन् । भारतसँग सैन्य हेलिकोप्टर ७२५ र चीनसँग ११ सय ७० वटा छन् ।

नौसैनिकको तथ्यांक अनुसार भारतसँग कुल युद्धपोत २१४ वटा छन् । चीनसँग ७८० छन् । भारत र चीन दुवैसँग युद्धक विमान बाहक नौसैनिक जहाज २ २ वटा छन् । दुश्मनको जहाज ध्वस्त पार्न सक्ने भारतसँग ११ र चीनसँग ३६ वटा छन् ।

फ्रिगेट भारतसँग १५ र चीनसँग् ५४ वटा छन् । कोरभेट भारतसँग २४ र चीनसँग ४२ वटा छन् । समुन्द्रभित्र युद्ध गर्ने सबमेराइन भारतसँग १५ र चीनसँग ७६ वटा छन् ।- आर्म फोर्सेस डट इयुबाट



प्रतिक्रिया दिनुहोस्