Logo

ओलीलाई सत्ताबाट हटाउने रणनीति, स्थायी कमिटीमा गर्मागर्मी बहस हुने



काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठक आजबाट फेरि चल्दैछ । १० असारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बोलेर आजसम्मका लागि स्थगित गरिएको बैठकमा आजबाट नेताहरुले बोल्ने क्रम चल्नेछ ।

बैठकको एजेन्डामा एमसीसीलगायत राखिएपनि मुख्यत सरकारको गम्भीर समिक्षा हुने भएको छ । बैठक विषयान्तर हुँदै प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा रहने या नरहने भन्ने बहसमा पुग्ने अवस्था बनेको छ । यसको संकेत अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गरिसकेका छन् ।

प्रचण्डले ओलीलाई बालुवाटारमा भेटेर सरकारबाट हट्न भनिसकेका छन् । उनले स्थायी कमिटि बैठकमा बोल्ने क्रममा घुमाउरो तरिकाले त्यस्तै सन्देश दिए ।

एमसीसीको नाममा ओलीलाई सरकारबाट हटाउने रणनीतिमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम लागिसकेका छन् । उनीहरुले यसपटक बलियो समुह बनाएका छन् । यो समुह यताउता नभए यसपटक ओलीलाई सामना गर्न कठिन भएको छ ।

स्थायी कमिटिमा सरकारको समिक्षामा विशेष तयारीका साथ ओलीइतरका नेताहरु जाँदैछन् । यसले बैठकमा गर्मागर्मी बहस हुने सम्भावना बढेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot