Logo

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि



पोखरा, असार १२ । गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, स्याङ्जा, बागलुङ, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ४ जिल्लामा संक्रमित फेला परेका छन् । नयाँसहित कुल संक्रमितको संख्या गण्डकीमा ७ सय ९२ पुगेको छ ।

संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाका अस्पतालमा उपचारका लागि आइसोलेसन बार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ भने ९१ जना निको भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्