Logo

कोरोना संक्रमितको जटिल उपचार महंगो



बुटवल, असार १२ । लक्षण भएका कोरोना संक्रमितको उपचार निकै महंगो देखिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीको खर्च निकै महंगो भएको पाइएको हो। संक्रमितमध्ये अधिकांश लक्षण नदेखिएका छन्। लक्षण देखिएका र दीर्घरोगीको उपचार महंगो भएको अस्पतालले जनाएको छ।

उक्त अस्पतालमा अहिले चारजना बिरामी गम्भीर अवस्थामा उपचार गराइरहेका छन्। उनीहरूलाई आईसीयूमा राखिएको छ। आईसीयूमै रहेका तीनलाई भने बिहीबार मात्रै सामान्य वार्डमा सारिएको छ। प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालका अनुसार ती बिरामीको उपचारमा दैनिक १ लाख २१ हजार खर्च भएको छ।

‘हिजो (बुधबार) मात्रै मैले सबै हिसाब गरेर हेरें’, उनले भने, ‘जटिल बिरामीको उपचार निकै मंहगो देखिएको छ।’ अस्पतालमा कार्यरत चिकित्सकले लगाउने व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई०, बिरामीपिच्छेका फरक–फरक रोग र त्यसको औषधि, कृत्रिम श्वासप्रश्वास सहितको उपचारमा खर्च भएको हो। बुटवलको अस्पतालमा दैनिक २६ थान पीपीई खर्च हुने गरेको छ। उनले एकै दिन पीपीईमा मात्रै ७०÷८० हजार खर्च हुने गरेको बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्