Logo

ओली र प्रचण्ड दुवैले जिम्मेवारी छाड्नुपर्ने हुनसक्छ- नेकपा नेता हरिबोल गजुरेल



काठमाडौँ, १२ असार। नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले नेतृत्वमाथि असक्षमताको गम्भिर प्रश्न उठाएका छन् । उनिहरुले सरकारको जिम्मेवारी पाएका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सञ्चालनको जिम्मेवारी पाएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले जिम्मेवारी पुरागर्न नसकेको आरोप लगाएका छन् ।

ऋषि धमलासँग रेडियो एनआरएनसँग कुरा गर्दै नेकपाका नेता हरिबोल गजुरेलले पार्टी र सरकार सञ्चालनको जिम्मेवारी दुई अध्यक्षले लिएको र दुवैले उचित ढंगले यसलाई पुरागर्न नसकेकाले समस्या उत्पन्न भएको बताए । प्रधानमन्त्री र अध्यक्षले आफुहरुले अहिले सम्म गरेका काममा कमजोरी भएको र अब सच्चिएर जाने प्रतिबद्धता गरेर बैठकमा प्रस्तुत नभए दुवैले जिम्मेवार छोड्नुपर्ने बताए ।

गजुरेलले सरकार र प्रधानमन्त्रीको निरन्तरताका विषय बैठकमा नेताहरुको प्रस्तुति अनुसार भरपर्ने भन्दै अहिले सम्म भएका कमिकम्जोरी स्वीकार गरी अबका दिनमा राम्रो गर्ने प्रतिवद्धता नआए स्थायी कमिटीबाट फरक निर्णय आउन सक्ने चेतावनी दिए । स्थायी कमिटीको बैठकमा उहाँहरुले आफ्ना कुरा राखनुभएको र यसमा बहस आवस्यक भएकाले दुवै अध्यक्षका विषयमा बैठकमा गम्भिर बहस हुने गजुरेलको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्री जसरी आउनुहुन्छ त्यो अनुसारको निर्णयमा बैठक पुग्छ । उहाँ सरकारमा राम्रो गरेको छु भन्नुहुन्छ तर, हामीले देखेका छैनौ । प्रधानमन्त्री मात्र हैन अध्यक्ष प्रचण्ड पनि असक्षम देखिनुभयो । उहाँहरुले कि हामीहरुले सुधारेर लान्छौ भन्नुपर्यो र गरेर देखाउनुपर्यो । हैन भने दुवैले जिम्मेवारी छोड्नुपर्यो । पार्टी र सरकार विग्रनुमा दोस उहाँहरुको हो ।’

दुई अध्यक्ष मध्ये एकको गल्तिले गर्दा हस्ताक्षर अभियान सम्म पुगेर झण्डै झण्डै फुटको अवस्थामा पुगेको पार्टी जोगिएकाले आलोपालोबाट पछि हटुनु गलत थियो वा थिएन भन्ने कुरामा पार्टी अध्यक्ष प्रचण्डले विचार गर्नुपर्ने उनको भनाइ छ । एकपद एक व्यक्ति नै राम्रो प्रणाली भएको भन्दै उनले पार्टी र सरकारको नेतृत्व गर्ने विषयमा अलग हुनुपर्ने र एकै व्यक्तिले काम गर्न नसक्ने बताए ।

गजुरेलले भने, ‘प्रचण्डलाई थाङनामा सुताउने भन्ने कुरा गलत हो । मोही पारेर घुयू निकाल्नुपर्ने अवस्थामा पुगेको छ नेकपा । पार्टी कसरी चलेको छ र सरकार कसरी चलेको छ भन्ने कुरा दुई नेताले समिक्षा गर्नुपर्छ । यसमा उहाँहरुको असक्षमता देखिन्छ । एकले अर्कालाई सिध्याउने सम्मका गतिविपिध भएकै हुन ।’

उनले भने, ‘यो सरकार निरन्तरताका हिसावले ठिक छ तर, जनताको चाहना अनुसार छैन । यो वैठक चलिरहेको अवस्थामा सरकार परिवर्तनको कुरा ल्याउनु हुने थिएन । अहिले एउटा विषयमा छलफल हुनुपर्ने हो । अन्तरसंर्घष चलिरहेका बेला यस्ता कुरा ल्याएर के गर्न खोजिएको हो । पार्टीमा सवैको क्षमता अनुसार सवैको भूमिका हुनुपर्छ । गर्न नसक्नेलाई धेरै जिम्मेवारी दिनुहुदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot