Logo

सिसि क्यामेरासहित ९० लाख बराबरको बोधिचित्त लुटेर फरार



काभ्रे,असार १२ । काभ्रेको रोशी गाउँपालिका–५ मा हतियारसहित आएको समूहले ९० लाख रुपैयाँ बराबरको बोधिचित्तको दाना लुटेको छ । अत्याधुनिक हतियार बोकेर आएको लुटेरा समूहले स्थानिय वीरबहादुर तामाङको बारीमा रहेको रुखको बोधिचित्त लुटेर लगेका हुन् ।

विहिबार मध्येरातमा ३० जनाको समूहमा आएका लुटेराले बोद्यिचित्त कुरेर बसेका पाँच जनालाई समेत कुटपिट गरी घाइते बनाएर भागेको प्रहरीले बताएको छ । उनीहरुले बारीमा लगाएको सिसि क्यामेरासमेत लुटेर लगेृका छन् । लुटेराहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्