Logo

लद्दाख क्षेत्रमा बढ्दो गतिविधिप्रति भारतद्वारा चीनलाई चेतावनी



एजेन्सी, १२ असार । भारतले चीनलाई गल्वान क्षेत्रमा बढ्दो गतिविधिप्रति चेतावनी दिएको छ । सोमबार सैन्य वार्तामा दुवै तर्फको सैनिक हटाउने विषयमा केही सहमति भएको थियो । उक्त सहमतिको उलंघन गरेको र आफ्नो सैनिक लाइन अफ कन्ट्रोलबाट नहटाएकोमा दिल्लीले बिहीबार घोर आपत्ती जनाउँदै चेतावनी समेत दिएको हो ।

पूर्वी लद्दाखमा गतिविधिमा कमी नआए यस विवादले दूपक्षीय सम्बन्धमा असर पुर्याउन सक्ने जनाइएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै पूर्वी लद्दाखको वास्तवीक घटनालाई कन्द्रित गरी चीनले आफ्नो उपस्थितीलाई कम गर्नुपर्ने बताएको छ । पूर्वी लद्दाखको शान्ति र सुरक्षाका लागी चिनियाँ पक्षले छिट्टै निश्कर्ष निकाल्नू पर्नेमा भारतको जोड छ ।

चीनले पूर्वी लद्दाखमा तातीरहेको महोललाई कायम गर्यो भने दूवै पक्षको सम्बन्ध विकासमा असर पुग्ने बताइएको छ । सन् २०२० को मे महिना देखि उक्त क्षेत्रमा चिनियाँ सैनिकद्वारा देखाइएको तीब्रता दूईपक्षीय सम्झौतामा आधारित नरहेको जनाइएको छ । लद्दाखमा लगातार चीनले गरेको आक्रामक गतिविधि दूूई पक्षीय सम्झौताविरुद्व भएको भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले जनाएका छन् ।

भारतीय सेनाको सन्दर्भमा दूई पक्षिय सम्झौताको आधारमा भारतीय सेनाले पुनः आफ्नो तर्फबाट शान्ति र सुरक्षा कायम गरिरहेको जनाइएको छ । चिनियाँ विदेश मन्त्रालय जुन १५ को घटना प्रति कठोर आलोचना गरेको विषय श्रिवास्तवले जनाएका छन् । गल्वान क्षेत्रमा भएको आक्रमक गतिविधिप्रति पहिलो पटक भारतीय विदेश मन्त्रालयले चिनियाँको रेर्कार्ड राखेको छ । चीनको आक्रामक निति र सैन्य विस्तार अनुचित भएको जनाइएको छ । टाइम्स अफ इन्डियाको सहयोगमा



प्रतिक्रिया दिनुहोस्