Logo

लद्दाख क्षेत्रमा देखियो चीनको नयाँ आक्रामक संरचना



एजेन्सी, १२ असार । चीनले लद्दाख क्षेत्रमा सैन्य उपस्थितीको नयाँ संरचना तयार पारेकोे स्याटलाइट तस्बीरले देखाएको छ । जुन १५ मा भएको आक्रामक द्वन्द्वपछि चीनले नयाँ संरचना तयार पारेको हो । दूवै देशबीच सोमबार भएको सम्झौतामा दूवै तर्फका सैनिकहरु केही मिटर पछाडि सर्ने निर्णय भएको थियो । ४५ वर्षको अवधिमा दूवै सेनाबीच जुन १५ मा भएको आक्रामक द्वन्द्व खतरनाक तरिकाले भएको बुझिएको छ ।

उक्त क्षेत्रमा सम्झौता भएतापनि चीनले आफ्नो नयाँ संरचनाको विकास गरिरहेकोमा केही आशंका पलाइरहेको बुझिन्छ । अमेरिकाको अन्तरीक्ष प्रविधिका आधारमा सोमबार उक्त तस्वीर खिचिएको हो । चीनद्वारा जारी संरचना एलआइसीको कमजोर परिभाषित क्षेत्रमा निर्माण गरिएको भारतीय पक्षको भनाइ रहेको छ । ४५ सय मिटरमाथि रहेको भूभागमा भारतीय सेनाद्वारा द्वन्द्वको सुरुवात भएको चीनले आरोप लगाइरहेको छ ।

दुवै पक्षले आफ्नो अडान भने कायम नै राखेको बुझिन्छ । उक्त क्षेत्रमा चीनले भित्ता र ब्यारिकेड लगाइरहेको र क्षेत्रमा आफ्नो वर्चस्व बढाई रहेको बुझिएको छ । भारतीय पक्षको तर्फबाट भने रक्षात्मक बाधाहरुलाई प्रयोग गरिएको छ ।भारतीय सेनाले सम्झौतामा आधारित आफ्नो सैन्य उपस्थितिलाई पछाडी धकेलेको तस्बीरले देखाएको छ । सोमबार भएको सम्झौताका कराण विच्छेदनको प्रक्रियालाई पूर्ण रुपमा भारतले निरिक्षण र पालना समेत गरिरहेकोे जनाइएको छ ।

चीनको गतिविधिले उक्त क्षेत्रको सीमा रेखाहरुलाई बदल्न चीनको अर्का प्रयास भइरहेको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । भारतले चीनको सैन्य शक्तिसंग आफ्नो सैनिक शक्तिलाई बराबर गर्न कोशिश गरिरहेको छ । उक्त क्षेत्रमा चिनियाँ शैनिकको उपस्थिति अत्याधिक रहेको छ । त्यसकारण चीनको दबदबा उक्त क्षेत्रमा भारी रहेको आँकलन गरिएको छ ।अल्जजीराको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot