Logo

काठमाडौं उपत्यका प्रवेशका लागि क्वारेन्टाइनमा बस्नुपर्ने लिखित सहमति अनिवार्य



काठमाडौं, १२ असार । के तपाईं उपत्यका प्रवेश गर्दै हुनुहुन्छ ? छ भने क्वारेन्टाइनमा बस्नुपर्ने व्यहोरा सहितको लिखित सहमतिको आधारमा मात्र सवारी पार जारी हुनेछ ।

गृह मन्त्रालयले उपत्यका प्रवेशका लागि जिल्लाबाट सवारी पास जारी गर्दा गन्तव्यको सम्बन्धित स्थानीय तहको निगरानीमा नियमानुसार एकान्तवामा बस्नुपर्ने लिखित सहमति र उपत्यकाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको लिखित सहमतिका आधारमा मात्र पास जारी गर्ने व्यवस्था गरेको छ । उक्त सवारी पास अनुमति लगायत स्थानीय तहको पत्र, गन्तव्य जिल्ला प्रशासन कार्यालयको पत्र सबै कागजात सम्बन्धित पास लिएका व्यक्तिले साथमा राख्नुपर्ने भनेको छ । त्यस्तो कागजातहरु सुरक्षा निकायबाट जुनुकै स्थानमा पनि चेकजाँच हुन सक्ने उल्लेख छ ।

यसैगरी स्वास्थ्य प्रोटोकल अनुसार सवारी साधनमा आउने व्यक्तिको संख्या एकिन गरी मात्र सवारी पास अनुमति जारी गर्ने व्यवस्था छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई ९ असारमा सचिवस्तरीय निर्णय गरी यस्तो परिपत्र जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्