Logo

नेपालको जनसंख्या पहिलोपटक तीन करोड



काठमाडौं, १२ असार ।नेपालको जनसंख्या पहिलोपटक ३ करोड पुगेको छ। तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको छ ।सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ, जसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ।

’विश्वव्यापी फर्मुला नै हामीले प्रयोग गर्ने हो’, चौलागाईंले भने, ’आजबाट नेपालको जनसंख्या ३ करोड छ भन्नु प्रमाणिक हुन्छ।’
यद्यपी औपचारिक रुपमा भने आगामी वर्ष नेपालमा जनगणना हुँदैछ ।दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्