Logo

साबेल प्रहार गरी घाइते



काठमाडौं, १२ असार । साबेल प्रहार गरी घाइते बनाएको अभियोगमा घुरन सदा बिहीबार राति प्रहरीले पक्राउ परेका छन् । आफ्नै श्रीमती २५ वर्षीया सरिता सदालाई साबेल प्रहार गरी घाइते बनाएको अभियोगमा सप्तकोशी नगरपालिका सँखुवनी मुसहर टोलका सदालाई पक्राउ गरेका हो ।

घरायसी विवादको कारणले घुरनले आफ्नै श्रीमतीलाई साबेल प्रहार गर्दा घाइते भएको खबर प्राप्त भएलगत्तै फत्तेपुर प्रहरी चौकीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घाइते सरिताको पोली किल्निकमा उपचार भइरहेको छ ।

त्यस्तै स्याङजा अर्जुनचौपारी गाउँपालिका ठाडाखेतका राम बहादुर दमाईलाई साबेल प्रहार गरी घाइते बनाइएको अभियोगमा सोही ठाउकाँ दिपक गुरुङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी गुरूङले साबेल प्रहार गर्दा दमाई घाइते भएको खबर पाए लगत्तै प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दमाईको कालिका सामुदायिक हस्पिटल हेलु हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्