Logo

बिरामी कुरुवा महिलालाई चुम्बन गर्न खोज्दा…



मोरङ, १२ असार । महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा सुरज कुमार मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा कटहरी गाउँपालिकाका मण्डललाई पक्राउ गरेको हो ।

बिराटनगर महानगरपालिका स्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा विरामी कुरूवा बसेकी ती महिलालाई सुतेको अवस्थामा मण्डलले चुम्बन गर्न खोजेको सुचना आए लगत्तै खटिएको प्रहरीले उनलाई विराटनगर महागनरपालिका बाट पक्राउ गरेको जनाएको छ ।

उनीमाथी अभद्र ब्यवहार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्