Logo

कटुवा पेस्तोल सहित पक्राउ



धनुषा, १२ असार । कटुवा पेस्तोल सहित श्याम सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका बाउन्न बिगाहाबाट कटुवा पेस्तोल १ थान सहित सोही उपमहानगरपालिका जनकनन्दनी गाउँपालिकाका सहनीलाई पक्राउ गरेको हो ।

बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । File photo



प्रतिक्रिया दिनुहोस्