Logo

बालुवाटारमा नेकपाको बैठक बसेकोमा कमल थापाको टिप्पणी : ‘खुलेआम भ्रष्टाचार हो’



काठमाडौं, १२ असार । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गरिएकोमा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीको सरकारी निवास, कार्यालय र त्यहाँ रहेका सरकारी साधनस्रोतको दुरुपयोग गरि पार्टीको बैठक तथा कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार भएको पनि टिप्पणी गरेका छन् । सत्तारुढ दल नेकपाको स्थायी कमिटीको पाँचौं बैठक बुधबारदेखि बालुवाटारमा जारी छ । बैठक आजपनि बसिरहेको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले राज्यलाई पार्टीको सम्पत्ति ठान्ने अनैतिक र अलोकतान्त्रिक कार्य भएको उल्लेख गर्दै उक्त कार्य तत्काल बन्द गर्न र राज्यको सम्पत्ति रक्षा गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले ट्विटरमा प्रधानमन्त्री ओलीलाई समेत यो ट्विट मेन्शन गरेका छन् । थापाले ट्विटरमा यस्तो लेखेका छन्,’प्रधानमन्त्रिको सरकारी निवास,कार्यालय र त्यहाॅ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठक/कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो,अख्तियारको दुरुपयोग हो।राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त गरियोस्।राज्यको सम्पति रक्षागर्नु @PM_Nepal को कर्तव्य हो ।’

 



प्रतिक्रिया दिनुहोस्