Logo

श्रीरामको मृत्यु यसरी भयो



मत्र्यलोकमा जन्म लिएपछि मृत्यु अवश्यम्भावी छ । जुनसुकै अवतार लिएपनि मत्र्यलोकमा भगवानको पनि मृत्यु भएको वर्णन छ । त्यस्तै भयो श्रीरामको ।

श्रीरामको जन्म अयोध्यामा भएको थियो । रामायणको अनुसार श्रीरामको जन्म इसा पूर्व ५११४ भएको हो । प्रभु श्रीराम अयोध्याका राजा दशरथका जेठो छोरा थिए । उनलाई भगवान विष्णुको अवतार भनिन्छ । श्रीरामले पुरै अयोध्यालाई धेरै माया गर्थे । उनी बनवास जाँदा पनि अयोध्याका जनता धेरै रोएका थिए ।

श्रीरामको मृत्यु बारेमा धेरै कथाहरु पाइन्छन् । एउटा कथा अनुसार सीताले आफ्ना २ बच्चा लव र कुशलाई श्रीरामलाई जिम्मा दिएर धरती मातासँग जमिनमा लिन भइन् । सीता लिनभएपछि श्रीराम धेरै दुखी भएर उनी आफैले यमराजसँग सहमति लिएर सरयु नदीमा जल समाधी लिएको पाइन्छ ।

अर्को कथा अनुसार एकपटक अयोध्यामा हनुमान नभएको समय पारेर यमदेव भेष बदलेर आए । उनले श्रीरामसँग एकान्तमा कुरा गर्ने इचछा राखे । श्रीरामले लक्ष्मणलाई कोही पनि पस्न नदिन आदेश दिए । तर वाध्य भएर लक्ष्मण आफैले नै आदेश तोडे । आदेश तोडेपछि लक्ष्मणलाई रामले देश निकाला गरीदिए । दाजु रामसँग टाढा हुनुपरेको भन्दै तनावमा आएर लक्ष्मणले सरयु नदीमा समाधी लिए । समाधी पश्चात लक्ष्मण शेषनागको अवतारमा आए ।

प्यारो भाई लक्ष्मणले जल समाधी लिएपछि श्रीरामले पनि जल समाधी लिने निश्चय गरे र सरयु नदीभित्र पसे र भगवान विष्णुको अवतार लिए । यसरी श्रीरामले मानव शरीर त्याग गरे र बैकुण्ठ गए । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्