कञ्चनपुर, असार १३ । कञ्चनपुरमा शुक्रबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबै १४ दिन क्वारेन्टिन र १५ दिन आइसोलेसन बसाई पछि स्वाब संकलन गरेर घर पठाइएकाहरु रहेका छन् ।
कञ्चनपुरको महाकाली नगरपालिकास्थित दोधारा–चाँदनीका १३ संक्रमितलाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको खुलेको हो।
संक्रमितमा कुनै किसिमको लक्षण नदेखिएकोले उनीहरुलाई होम आइसोलेसनमै बस्न सुझाईएको थियो । संक्रमितलाई पीसीआर रिपोर्ट आउन ढिलाई हुँदा स्वाब संकलन पछि भानु उच्च माध्यमिक विद्यालयको आइसोलेसनबाट घर पठाइएको थियो।