Logo

अव समाजिक सञ्जाल चलाउन र एप लाउनलोड गर्न सरकारको स्विकृती चाहिने



काठमाडौं, असार १३ । समाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ ? यदि समाजिक सञ्जाल वा एपहरु प्रयोग गर्नुहुन्छ भने आजैदेखि ख्याल गनुहोस् है । संसदको विकास तथा प्रविधि समितिले कुनै पनि एप वा सामाजिक सञ्जाल प्रयोग गर्नुअघि नियामक निकायबाट स्वीकृत गर्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

‘नेपालभित्र प्रयोग गरिने एप तथा सामाजिक सञ्जालहरु सुरक्षा, गोपनियता र उपयोगिताका हिसाबले उपयुक्त रहेको नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था गर्न समिति नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ,’ समितिको निर्णयमा भनिएको छ ।

समितिको निर्देशनले असान्दर्भिक भएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्