Logo

क्वारेन्टाइनबाट भागेका २१ कोरोना संक्रमित खोज्न प्रहरी परिचालन



दैलेख, असार १३ । दैलेखको नौमूले गाउँपालिकाका कोरोना संक्रमित क्वारेन्टाइनबाट विहिबार राती भागेका २१ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। जिल्लाको नौमूले बजारस्थित भैरव माविको क्वारेन्टाइनमा रहेका २१ सक्रमित योजना बनाएरै सामुहिक रुपमा भागेका थिए ।

प्रहरीले संक्रमितहरु जाने सम्भावित ठाँउमा खोजिकार्य जारी राखेपनि सबैलाई फेला पार्न भने सकेको छैन् । उक्त क्वारेन्टिनमा हालैको विभिन्न मितिमा भारतबाट आएका ९४ जनालाई राखिएको थियो ।

भाग्नेहरु सबै दुई हप्ता पहिले गरिएको पीसीआर परिक्षणमा पोजेटिभ देखिएकाहरु रहेका छन् । उनीहरु झण्डै दुई हप्तासम्म पनि दोस्रो पटक पीसीआर परीक्षण नगरिएको भागेको गाँउपालिकाले जनाएको छ ।

भागेकाहरुको खोजिकार्यमा प्रहरी परिचालन गरिएको छ । उक्त गाँउपालिकामा एक सय ४६ जना संक्रमितहरु पत्ता लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्