काठमाडौं, १३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले पार्टीको जारी स्थायी कमिटी बैठकमा बोल्ने सदस्यहरुले भारतसँगको सिमा विवाद वार्ता तथा कुटनीतिक माध्यमबाट छलफल गरेर समाधान गर्न सुझाव दिएको बताएका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भट्टराईले हिजोको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित् भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको अध्यक्षता गरेको र दाहालले खुल्लाखुलस्त ढंगले आफ्ना कुरा राख्न सदस्यहरुलाई भनेको र बैठकमा राम्रोसँग नेतृत्व गरेको सुनाए । File Photo/ReportersNepal.Com