Logo

नेकपा स्थायी कमिटी बैठक जारी, आधा घण्टापनि नबसी प्रधानमन्त्री ओली बाहिरिए



काठमाडौं, १३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक जारी छ । आज बैठकको तेस्रो दिन हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको एक हलमा जारी बैठकमा आज प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आधा घण्टापनि नबसी बाहिरिएका छन् । हिजोको बैठकमा त ओली अनुपस्थित् नै भएका थिए । हिजो बैठकमा उपस्थित् नभएको विषयमा नेताहरुले आज आलोचना समेत गरेका थिए । हिजोको बैठकमा आफू उपस्थित् हुन नसक्ने र बैठक सञ्चालन गर्न अध्यक्ष दाहाललाई महासचिव विष्णु पौडेलमार्फत सन्देश पठाएका थिए ।

अहिले बैठकको अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले गरिरहेका छन् । ओली बैठकबाट बाहिरिएलगत्तै अर्का अध्यक्ष दाहालले स्वास्थ्यका कारण ओली बैठकमा नबसेको कुरा नेताहरुलाई जानकारी गराएका थिए । गत बुधबारदेखि सुरु नेकपाको पाँचौं स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको कामको समिक्षा, सिमा विवाददेखि लिएर एमसीसीका सम्बन्धमा छलफल हुँदैछ । हिजो सिमा विवादको सम्बन्धमा छलफल भएको थियो । हिजोको बैठकमा १८ जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । तस्विर : प्रधानमन्त्री ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्