काठमाडौं, १३ असार । कोरोना कहरले मारमा परेका नेपाली जनताका लागि अर्को संकट आइलागेको छ । बालीनाली ध्वस्त पार्ने सलह नेपाल पसेपछि नयाँ संकट थपिएको हो ।
यसवर्ष पर्याप्त र समयमै वर्षा हुँदा बालीनाली राम्रो भइरहँदा सलह नेपाल पसेको छ । तराईका जिल्लाहरुमा सलह देखिन थालेको छ ।
फट्याङ्ग्रा प्रजातिको सलह ठुलो झुन्डमा नेपालमा देखिएका हुन् । आज विहान सर्लाहीमा सलह भेटिएपछि अन्य जिल्लामा पनि पसेको छ । बारा र पर्सामा आज विहान सलह भेटिएको हो ।
सलहले एकै साथ जम्मा भएर बालीनाली खाइदिने गर्छ । सलह फैलिएमा बालीनाली नष्ट बनाइदिने खतरा बढेको छ । यसवर्ष धान र मकैं उत्पादन बढ्ने आशा भइरहँदा सलह भेटिएको हो ।
सलह भारतमा देखिएको थियो । यसवर्ष आइपुग्ने सम्भावना नरहेको भनिरहँदा दक्षिणी वायुसँगै नेपाल प्रवेश गरेको बताइएको छ ।