Logo

स्याङजामा ३४ जना कोरोना जितेर घर फर्किए



प्रकाश डोटेल : स्याङ्जा, १३ असार स्याङजामा एकै पटक शनिवार ३४ जना संक्रमित कोरोना जितेर घर फकिर्एका छन् । भीरकोट नगरपालिका १ स्थित कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परिक्षण नेगेटिभ आएपछि उनीहरुलाई घर पठाईएको हो ।

अस्पतालमा रहेका ४१ जना संक्रमितको दोस्रो परिक्षणका लागि स्वाव संकलन गरि पठाईएकोमा ७ जनाको भने दोस्रो परिक्षण पनि पोजेटिभ नै आएको छ । घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५६ पुगेको छ । जिल्लाका १ सय ५९ संक्रमित मध्ये २ जनाको निधन भएको छ । कोरोना मुक्त भएकाहरुलाई, भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मा, स्वास्थ्यकर्मी लगायतले बिदाई गरेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्