काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक मंगलबार विहान ११ बजे बस्नेगरि स्थगित् भएको छ । बुधबारदेखि जारी बैठकमा सिमा विवादका विषयमा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । शनिबारको बैठकमा २१ जना नेताहरुले बोलेका थिए । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकछिन उपस्थित् भएर बाहिरिएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाकार सूर्य थापाले जनाएअनुसार प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्यको असहजताको जानकारी गराएर बैठकमा नबसेका हुन् ।
आजको बैठकमा हिजोदेखि जारी नेपालको सीमा समस्या र समाधानका बारेमा स्थायी कमिटस् सदस्यहरु देवेन्द्र पौडेल, रघुबीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरूङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेलले आफ्ना विचार राखेका थिए । भोलि असार १४ गते मदन जयन्ती र पर्सी १५ गते धान दिवसका विभिन्न कार्यक्रमहरू रहेकाले अर्को बैठक असार १६ गते बिहान ११ बजे बस्ने जनाईएको छ । तस्विर : प्रधानमन्त्री ओलीको सचिवालय