Logo

कार दुर्घटनामा परेका पत्रकारको उपचारका क्रममा मृत्यु



बुटवल, असार १४ । प्रदेश नम्बर ५ मा रहेर पत्रकारिता गर्दे आएका पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा मृत्यु भएको छ। सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल(भैरहवा सडकखण्डको तिलोत्तमा-१ ड्राइभरटोलमा गएराती भएको सवारी दुर्घटनामा न्यूज २४ का बुटवल संवाददाता पाण्डेको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बा ७ च ६९५९ नम्बरको चलायर घर फर्किरहेका पाण्डेले चलाएको कार सडक किरानाको फलामे बारमा ठोक्किन पुग्दा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका पाण्डेलाई बुटवलकै चौराहा अस्पतालमा उपचारका लागि लगिएपनि उनको उपचारकै क्रममा शनिबार राती अस्पतालमै मृत्यु भएको हो।



प्रतिक्रिया दिनुहोस्