Logo

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन



बुटवल, १४ असार : बुटवल–पाल्पा सडकखण्डको अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पाल्पाको तिनाउँ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजीकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सो सडकखण्ड बिहानदेखि एकतर्फी सञ्चालनमा आएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले सडक अवरुद्ध बनेको थियो । अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्