Logo

कोरोना संक्रमित कलिला बालबालिकामा कावासाकी रोगको लक्षण देखियो



एजेन्सी, १४ असार । मुम्बईका अस्पतालहरुमा कोरोना संक्रमित कम उमेरकाहरुमा कावासाकी नाम गरेको रोगको लक्षण देखिएको छ । उक्त प्रकारको रोग भारतमा पहिलो पटक देखापरेको हो ।

मुम्बईको पश्चिमी भागको अस्पतालमा कोरोना संक्रमित व्यक्तिमा उक्त रोग देखापरेको जनाइएको छ । एक साता अगाडी १४ वर्षीया किशोरीलाई उच्च तापमान र सुजनको लक्षण देखिएको कारण निजी अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना परिक्षण गर्दा पोजटीभ पुष्टि भएको थियो । उनलाई आसीयूमा राखिएको थियो ।

किशोरीको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अन्य परिक्षणको दौरान कावासाकी रोग जस्तै लक्षण देखिएको जनाइएको छ । युवतीलाई आफ्नो बुबाका कारण कोरोना सरेको आशंका गरिएको छ । अप्रिल महिनादेखि कावासाकी नाम गरेको लक्षण अमेरिका, स्पेन, इटली र भाइनाको युवा कोरोना संक्रमितमा समेत देखापरेको छ । कावासाकी रोगले पाँच वर्ष भन्दा मूनिका बच्चाहरुमा अत्यधिक मात्रामा देखिने गर्दछ । यसले उच्च फिवर र रक्त बाहिकामा सुजन निम्त्याउने गर्दछ ।

कुनै पनि व्यक्ति कोरोना संक्रमित देखिएको दूई अथवा तीन साता भित्र कावासाकीको लक्षण देखिने चिकित्सकहरुले जनाएका छन् । कावासाकी रोग कोरोना भाइरसको प्रतिरोधात्मक क्षमता रहेको चिकित्सकहरुले बताएका छन् । तर, कोरोना कै कारण संक्रमित व्यक्तिमा कावासाकी रोग निम्तिएको भन्न मुश्किल रहेको जनाइएको छ । यो रोग प्रतिरोधात्मक क्षमताको प्रतिक्रियाको रुपमा समेत देखिएको अनुमान लगाइएको छ । यो रोग प्रायः ५ वर्ष मुनीका बालबालिकालाई लाग्दछ ।



प्रतिक्रिया दिनुहोस्