Logo

लुकाई छिपाई ल्याएको जडीबुटी सहित पक्राउ



धादिङ, १४ असार । लुकाई छिपाई ल्याएको जडीबुटी सहित ४ जना शनिबार बिहान पक्राउ परेका छन् । निलकण्ठ नगरपालिका दामगाडेबाट रुविभ्यालीबाट धादिङवेसीतर्फ गाउँदै गरेको बा.५ ख ६१८० नम्बरको मिनि ट्रकमा लुकाई छिपाई ल्याएको जडीबुटीहरु जटामसी ३ सय १० किलो ७७ ग्राम, निरमसी २ किलो १ सय ५० ग्राम, गुची च्याउ १७ ग्राम र यार्सागुम्बा १ किलो ८ ग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उक्त मिनि ट्रकका चालक रुविभ्याली गाउँपालिकाका पेम्बा तामाङ, ट्रकका सह–चालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेका छन् । उक्त मिनि ट्रकमा जडिबुटीहरु लुकाई छिपाई ल्याउँदै गरेको विशेष सूचनाको आधारमा ट्रक खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको जडीबुटीहरु फेला पारी ट्रकमा सवार उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिहरुलाई बरामद जडीबुटी सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्