१५ असार : डेनमार्ककी प्रधानमन्त्री मेत्ते फ्रडरिक्सनले आफ्नो विवाहका लागि तेस्रोपटक तिथि तय गरिन् । तर, उनले फेरि युरोपेली संघ (ईयू) को बैठकका कारण विवाह स्थगित गर्नुपर्ने जानकारी दिएकी छन् । यसअघि पनि उनको विवाहको तिथि कोभिड–१९ महामारीका कारण स्थगित हुँदै आएको थियो ।
फ्रेडरिक्सनले आफ्नो फेसबुकमा आफू र आफ्ना मंगेतर बो को तस्वीर पोस्ट गर्दै लेखेकी छन्– ‘म साँच्चै यस गजबको मानिससँग विवाह गर्न लालायित छु । तर, पक्कै पनि त्यो त्यति सजिलो छैन । हामीले जुलाइको एक शनिबार विवाह गर्ने योजना बनाएका थियौं ।
त्यही दिन ब्रसेल्समा ईयूको बैठकमा भाग लिनु छ । तर, मलाई डेनमार्कको हितका लागि काम गर्नुछ । त्यसैले हामीले योजाना परिवर्तन गर्नुपर्ने भएको छ ।
चाँडै नै अधीर भएर पर्खिरहेका बोसँग विवाह गर्नेछु ।’ १७ देखि १८ जुलाईमा आयोजना हुने युरोपेली परिषद्को बैठकमा ईयूका २७ वटा सदस्य राष्ट्रका प्रमुखले भाग लिँदै छन् ।न्युजअफनेपाल